हरेक मन्दिरमा र धार्मिक कार्यमा यसकारण गरिन्छ घण्टीको प्रयोग !

0
16

एजेन्सी । मन्दिर वा पूजाघरमा हामीले घण्टीको प्रयो गरेको त देखेकै होलाउँ । मन्दिरको द्वारमा वा बाहिर घण्टी झुन्डाइएको हामीले देखेकै छौँ । यो प्रचलन प्राचीन काल देखि नै चल्दै आएको छ । विशेष रुपमा घण्टी बजाउँदा वातावरण शुद्ध हुने विश्वास रहेको छ ।

साथै नकारात्मक शक्ति हट्ने विश्वास रहेको छ । घण्टीलाई समयको प्रतिक पनि मानिन्छ । जब प्रलय कालको समय आउँछ त्यो बेला यसै प्रकारको ध्वनि बज्ने विश्वास छ । स्कन्द पुराणका अनुसार मन्दिरमा घण्टी बजाउनाले सबै पाप नाश हुन्छन् ।

हिन्दू धर्ममा श्रृष्टिको रचनाकालमा ध्वनिलाई महत्वपूर्ण मानिन्छ । ध्वनीबाट नै प्रकाश उत्पत्ति भएको मानिन्छ ।जब पृथ्वीको उत्पत्ति भयो त्यो बेला घण्टीको ध्वनि नै नादको प्रतिक मानिन्थ्यो । जहाँ घण्टी सधैँ बज्छ त्यहाँको वातावरण पनि शुद्ध हुन्छ ।

Previous articleमलाई माफ गर्नुस आमा ,गेममा ४० हजार हारे ,तपाई नरुनु’ लेखेर १३ वर्षीय बालकले फां; सी
Next articleभोलि बिप्लपले गर्यो नेपाल बन्दको घोषणा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here