मलाई माफ गर्नुस आमा ,गेममा ४० हजार हारे ,तपाई नरुनु’ लेखेर १३ वर्षीय बालकले फां; सी
वीरगञ्ज, २३ माघ । बाराको महागढीमाई नगरपालिका बस्ने एक परिवारको दिदी बहीनी दुबै जनाले एकैपटक लोक सेवामा नाम निकाल्न सफल भएका छन् ।
बाराको महागढीमाई नगरपालिका वडा नम्बर ६ निवासी पारसनाथ बरैका दुई जना छोरीहरुले एकैपटकमा लोकसेवामा नाम निकाल्न सफल भएका हुन् । बरैका जेठी छोरी लालमुनी चौरसिया र कान्छी छोरी कौशिला कुमारी चौरसियाले लोकसेवामा एकैपटक नाम निकालेर नियुक्ति पाएका छन् ।
दुवै जनाले स्वास्थ्य सेवामै नाम निकालेका हुन् । बरैकी जेठी छोरी लालमुनीले प्रदेश लोक सेवा आयोग गण्डकी प्रदेश पोखरा अन्र्तगत अनमी पदमा नाम निकालेकी हुन् भने, कान्छी छोरी कौशिलाले पनि सोही प्रदेशको स्वास्थ्य सेवाको अहेब पदमा नाम निकालेकी हुन् ।