काठमाडौँ :
साउन महिना अन्त्यको मुखतिर छ। साउन महिना साउन २७ गते श्रावण शुक्लपक्षको पूर्णिमाको दिन समाप्त भई भाद्रपद महिना सुरु हुनेछ।
यस्तो अवस्थामा साउनको चौथो र अन्तिम शनिबार साउन २८ गते रहेको छ। प्रचलित ज्योतिष गणित (निरायण)पद्दति अनुसार, असार ३० गते बिहिबारबाट चन्द्रमासमा श्रावण शुरू भएको थियो।
साउन महिनाको अन्तिम शनिबार केही राशिका लागि खास रहनेछ। ज्योतिषाचार्यका अनुसार साउनको शनिबारको दिन पूजा-अर्चना गर्दा भगवान शिवसँगै शनिदेवको पनि आशिर्वाद प्राप्त हुन्छ।
शनिको महादशाबाट पीडित जातकको लागि साउन महिना खास हुन्छ। अहिले धनु, मकर र कुम्भ राशिमा शनिको साढेसाती चलिरहेको छ।
मिथुन र तुला राशिमा शनि ढैय्याको प्रभाव छ। शनिदेव अहिले मकर राशिमा वक्री अवस्थामा विराजमान छ।
शनि ढैय्या या साढेसातीको समयावधिमा जातकले आर्थिक, शारीरीक र मानसिक कष्टको सामना गर्नुपर्नेछ।
साउन महिनामा शनिसम्बन्धित उपाय अपनाउँदा शनिदेवको साथ-साथै भगवान शङ्करको आशिर्वाद प्राप्त हुन्छ। शास्त्रमा शनिदेवलाई भोलेनाथको परम भक्त या शिष्यको रुपमा वर्णन गरिएको छ।
साउनको चौथो शनिबार अपनाउनुहोस् यी उपाय : –
शनि मन्दिरमा तोरीको तेलको दियो बाल्दा शनिको अशुभ प्रभाव कम हुन्छ। शनिबारको दिन कुनै गरिब या निर्धनलाई दान दिनुहोस्।
भनिन्छ यसो गर्नाले सम्पूर्ण दुख-दर्दहरु हट्छन्। साउन महिनाको शनिबार शिव चालिसा पाठ गर्दा शनिदेव प्रसन्न हुने मान्यता छ।
शनिबार शनि मन्दिरमा शनि ग्रहसँग सम्बन्धित चीजहरु जस्तै कालो कम्बल, कालो तिल र तोरीको तेल दान गर्नु लाभदायक मानिन्छ ।