बाबुको साहारामा बाचेका ६ जना छोराछोरी भए टुहुरा, बाबुलाई लग्यो अरिंगालले

0
10

पर्वत – अरिंगालले टोकेर बुबाको मृत्यु भएपछि ६ बालबालिकाको बिचल्ली भएको छ।पर्वतको कुस्मा नगरपालिका–१, पाङ नेवारका ३५ वर्षीय श्रीराम परियारको मृत्यु भएपछि ६ बालबालिकाको बिचल्ली भएको हो । उनको साउन १२ गते अरिंगालले टोकेपछि उपचारका क्रममा मृत्यु भएको हो ।

 

मृतक परिवारका दुई श्रीमतीतर्फका २ छोरा र ४ छोरीको शिक्षादीक्षा सहित पालनपोषणमा आर्थिक अभाव भएपछि सहयोगको याचना गरिएको छ ‘घरमा एक छाक पकाएर खाने अन्न पनि नभएको बताइएको छ । घरपरिवारको अवस्था देखेर गाउँले र भेट्न जाने आफन्तको समेत आँखा रसाएर फर्कन्छन् ।

 

घरको पिँढीमा छोराछोरीसँगै बसेका श्रीमतीको आँखामा टिलपिल आँसु भरिएको देखिन्छ। किरिया खर्च जुटाउनसमेत सहयोग माग्नु परेकाले भविष्यलाई सम्झिएर सन्तकुमारीले किरियामै रुँदै उनले सहयोगको याचना गरेकी छन् ।

Previous articleबिहान यी १० शुभः वस्तु देख्दा फलिफाप हुन्छ: मिल्छ नसोचेको सफलताहरु
Next article२४ घण्टा भित्रमा तपाइलाई धनको लाभ प्राप्त हुनेछ पढेर , ३ पटक (ॐॐॐ) लेखि सेयर गरौं

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here