फेरि ह्वात्तै बढ्यो देशभरिका सम्पूर्ण कर्मचारीको तलब, अब यति धेरै हुने

0
22

काठमाडौं । साउन १ गतेबाट सरकारी शिक्षक, कर्मचारीले बढेको तलब पाउँदैछन् । सरकारले आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्यमार्फत सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढ्ने घोषणा गरेको थियो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

 

सरकारको घोषणा अनुसार निजामति कर्मचारीको सबैभन्नदा अमुक पदवाल मुख्य सचिवको तलब १० हजार ७१ रुपैयाँ बढ्ने छ भने खरिदारको तलब ४ हजार २९१ रुपैयाँ मात्र बढेको छ ।

 

बढेकोसहित मुख्यसचिवको तलब ६७ हजार १४० बाट ७७ हजार २११ रुपैयाँ पुग्छ भने खरिदारको तलब २८ हजार ६१० बाट ३२ हजार ९०१ रुपैयाँ । आउँदो साउन १ देखि नै बढेको तलब कर्मचारीको महिनावारी लेजरमा चढ्ने छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

 

तलवबाहेक मुख्य सचिवदेखि कार्यालय सहायहसम्मका कर्मचारीले महंगी भत्ता बापत एकमुष्ट २ हजार रुपयाँ मासिक भत्ता पाउँछन् । हरेक वर्ष एक ग्रेडका दरले वृद्धि भएको रकम समेत तलबमा जोड्ने गरिएको छ । साथै कर्मचारीले वर्षको एक पल्ट पोशाक भत्ता समेत पाउँछन् ।यस्तै, सरकारी शिक्षक माध्यमिक तह (प्रथम श्रेणी)को तलब ५६ हजार ७ सय ८७ पुगेको छ । यसअघि ४९ हजार ३ सय ८० बुझ्दै आएका थिए । माध्यमिक तह कै (तृतीय श्रेणी)का शिक्षकले अब ४३ हजार ६ सय ९० रुपैयाँ तलब पाउने छन् ।

 

निमावि तहका शिक्षकको शुरु तलबमान ३४ हजार ७ सय ३० रुपैयाँ तोकिएको छ भने प्रथम श्रेणीका शिक्षकले ४५ हजार ८ सय ६२ रुपैयाँ तलब पाउँछन् । त्यस्तै द्वितीय श्रेणीका शिक्षकको पारिश्रमिक ४३ हजार ६ सय ८९ तोकिएको छ । यो बाहेक ग्रेडअनुसार थप तलब पाउने व्यवस्था छ ।

 

सरकारी शिक्षक प्रावि तह अन्र्तगत शुरु तलबमान (तृतीय श्रेणी) ३२ हजार ९ सय २ रुपैयाँ छ भने द्वितीय श्रेणी ३४ हजार ७ सय ३० र प्रथम श्रेणीका शिक्षकको तलब ४३ हजार ६ सय ८९ रुपैयाँ पुुगेको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Previous articleसाउन २१ देखि २७ गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल
Next article७ दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ, ॐ लेखि सेयर गरौं !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here